nepal bangladesh bank

नेपाल बङ्गलादेश बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २६ औं वार्षिक साधारणभा २०७७ पौष २६ गते भर्चुअल माध्यमबाट विहान ११ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ६% बोनस सेयर र २.४२% नगद लाभांश पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १० गते एक दिन बुक क्लोज तोकेको छ । पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels