nepal investment bank

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३४औं वार्षिक साधारणभा २०७७ माग ०८ गते बैंकको केन्द्रिय कार्यालय, दरबार मार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान १० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको अधिकृति पुँजीलाई १८ अर्ब पु¥याउने ।

यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

हाल यस बैंकको चुक्तापुँजी १४ अर्ब २४ करोड रहेको छ ।

भा प्रयोजनको लागि २०७७ पौष २२ गते माग ०८ सम्म बुक क्लोज रहेको छ । पौष २१ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels