nmb bank

एनएमबि बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको २५औं वार्षिक साधारणभा २०७७ पौष २९ गते कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १३% बोनस सेयर र ३.२०% नगद लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको अधिकृति पुँजीलाई १६ अर्ब बाट २० अब पु¥याउने ।

यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस बैंकको चुक्तापुँजी १४ अर्ब ४४ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १६ गते बुक क्लोज तोकेको छ । पौष १५ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels