pokhara finance

पोखरा फाइनान्सले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५% बोनस सेयर र ०.२६३% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ९१ करोड ७२ लाख रहेको छ ।

Visa Travels