प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरण नेपालीहरुलाई आज २०७७ मंसिर २९ गते देखि आइपीओ सेयर बिक्री खुल्ला गरेको छ । आइपीओ निष्काशन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुनेछ ।
इच्छुक आवदेकले न्यूनतम १० कित्ता देखि अधिकतम ५००० कित्ता आवेदन दिन सक्नेछन् । आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजीको ३०% अर्थात् ६,०००,००० कित्ता आइपीओ सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई जारी गर्नेछ । जस मध्ये ५% अर्थात् ३००,००० कित्ता कर्मचारीहरुलाई र ५% अर्थात् ३००,००० सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४,००,००० कित्ता सेयर सर्वसाधराण नेपालीहरुलाई निष्काशन गरिएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले देशभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत जिवन वीमा सेवा दिँदै आएको छ ।