प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १३औं वार्षिक साधारणभा २०७७ पौष २७ गते कम्पनीको प्रधान कार्यालय, हात्तीसारबाट भर्चुअल माध्यमबाट विहान ११ः३० बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ७% बोनस सेयर र ८% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
यस कम्पनीको हाल चुक्तापुँजी २ अर्ब २५ करोड रहेको छ ।
सभा प्रयोजनको लागि २०७७ पौष १७ गते बुक क्लोज तोकेको छ । पौष १६ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।