रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने भएको छ ।
इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रा।लि। का प्रबन्ध निर्देशक श्री रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा यस कार्यक्रम नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।