आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सातौं वार्षिक साधारणभा २०७७ पौष २४ गते, बुटवलमा हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ९% बोनस सेयर र ३.६३% नगद लाभांश पारित गर्नेछ ।
यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
बैंको प्रबन्ध पत्र र नियामवली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालकहरको निर्वाचन गर्ने भएको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी ६७ करोड १५ लाख रहेको छ ।
सभा प्रयोजनको लागि २०७७ पौष १० गते बुक क्लोज तोकेको छ । पौष ०९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।