साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर २५ गते विहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १९% बोनस सेयर र १% नगद लाभांश गरी कुल २०% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस बैंकको चुक्तापँजी २१ करोड ७७ लाख रहेको छ ।