samata laghubitta

समता लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सातौं वार्षिक साधारणभा २०७७ षौष १४ गते, होटल क्लासिक प्रा.लि., सिमरा बारामा विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २०% बोनस सेयर र ६.३२% नगद लाभांश पारित गर्नेछ ।

यस लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने सम्बन्धि निर्णय पारित गर्ने, चल अचल सम्पति र दायित्व मुल्याकनको आधारमा निर्धारण गरेको शेयर प्रदान दर (Swap Ratio) पारित गरी मर्जर स्वीकृति प्रदान गर्नेछ ।

मर्जर पछि संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरी सो नामबाट राष्ट्रियस्तरको लघुवित्तको रुपमा कार्य गर्ने साथै केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बेनपा ८ मा रहने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको प्रबन्ध पत्र र नियामवली संशोधन गर्ने भएको छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १९ करोड ११ लाख रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ पौष ५ देखि १४ गतेसमम्म बुक क्लोज तोकेको छ । पौष ०४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels