समृद्धि फाइनान्सको साधारणसभा आह्वान – मुख्य एजेण्डा हकप्रद जारी गर्ने

annual general meeting
Visa Travels

समृद्धि फाइनान्स कम्पनीे लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १९औं वार्षिक साधारणभा २०७७ पौष २७ गते होटल सामना , हेटौंडा–४, मकवानपुरबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

हाल कायम चुक्तापुँजीको २ः१ को अनुपातले रु १०० का दरले २७,२९,७०५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेकोछ ।

ads

यस संस्थालाई अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष २२ देखि २७ गते सम्म बुक क्लोज तोकेको छ । पौष २१ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

Visa Travels