siddhartha bank

सिद्धार्थ बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १२% अर्थात् १ अर्ब १७ करोड बोनस सेयर र ३% अर्थात् २९ करोड ३६ लाख नगद लाभांश गरी कुल १५% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस कम्पनीको चुक्तापुँजी ९ अर्ब ७८ करोड रहेको छ ।

Visa Travels