standard chartered bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३४ औं वार्षिक साधारणभा २०७७ पौष २४ गते एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट १२ः१५ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ७% बोनस सेयर र ४.८४% नगद लाभांश पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

प्रबन्धपत्र तथा नियामवली संशोधन गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनको लागि २०७७ पौष ०९ देखि २४ गते सम्म बुक क्लोज तोकेको छ । पौष ०८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels