sunrise bank

सनराइज बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको तेह्रौ वार्षिक साधारणभा २०७७ पौष २४ गते, आम्रपाली बैंङक्जेट, बालुवाटार, काठमाडौंमा,विहान १०ः०० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ५.८०% बोनस सेयर र २.४८% नगद लाभांश पारित गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

बैंको प्रबन्ध पत्र र नियामवली संशोधन गर्ने ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ९६ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ पौष ७ गते बुक क्लोज तोकेको छ । पौष ०६ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels