सिनर्जी पावरको साधारणसभा आह्वान – लाभांश पारित गर्ने

annual general meeting
Visa Travels

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणभा २०७७ पौष २२ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, नक्सालबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ४.७५% बोनस सेयर र ०.२५% नगद लाभांश पारित गर्नेछ ।

Place your Ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७४–७५, २०७५–७६, २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १२ देखि २२ गते सम्म बुक क्लोज तोकेको छ । पौष १० सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels