वामी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ९औं वार्षिक साधारणभा २०७७ पौष २८ गते बनेपा नगरपाललिका १३, स्थित लहरी खर्क पार्टी प्यालेसको सभाहलमा विहान ११ बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ३०% बोनस सेयर पारित गर्नेछ ।
यस संस्थाले अन्य वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको
प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
यस लघुवित्तको हाल चुक्तापुँजी २७ करोड ७८ लाख रहेको छ ।
सभा प्रयोजनको लागि २०७७ पौष १५ देखि २८ गते सम्म बुक क्लोज तोकेको छ । पौष १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।