chandragiri hills

चन्द्रागिरी हिल्स लिमिटेडले आज पौष २४ गते देखि सर्वसाधारणलाई आईपीओ सेयर विक्री खुल्ला गरेको छ । आइपीओ निष्काशन बन्द २०७७ पौष २८ गते बैंकिङ्ग समय पश्चात हुनेछ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गरी बाँडफाँड सम्पन्न गरिसकेको छ ।

कम्पनीले १०% अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणलाई प्रति कित्ता १०० रुपैयाका दरले निष्काशन गर्ने भएको छ । कम्पनीले ६१,३६४ कित्ता सेयर कमर्चचारीलाई र ५% अर्थात् ७६,७०५ कित्ता सेयर सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी रहेको १३,९६,०२२ कित्ता सेयर सर्वंसाधारणलाई निष्काशन गरिएको छ ।

विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम १३,९६० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८%सेयर संस्थापकहरुको रहनेछ ।

Visa Travels