फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ पौष २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २५% बोनस सेयर र ६.५८% नगद लाभांश गरी कुल ३१.५८% लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ ।