ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ २ गते आईपिओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले ३४,९६,४०० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले ३४ करोड ९६ लाख बारबारको सेयर सर्वसाधरणलाई निष्काशन गर्न अनुमति पाएको हो ।
निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
आइपीओ जारी पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८० करोड पुग्नेछ ।