चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड सम्पन्न – १० लाख ७१ हजार जना भए खाली हात

Visa Travels

चन्द्रागिरी हिल्स लिमिटेडकले निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज १० बजे बाँडफाँड बाँडफाँड सम्पन्न भएको छ । आईपीओको बाँडफाँड निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा भएको हो ।

बिक्री प्रबन्धकका अनुसार चन्दागिरीको आईपीओमा १२ लाख १६ हजार ९५३ जनाले २ अर्ब २८ करोड २० लाख २१ हजार बराबरको आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८३८ कित्ता सेयर आवेदन रद्ध भएको छ । कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गतेसम्म आवेदन खुला गरेका थियो ।

Place your Ads

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १ लाख ३९ हजार ६०२ जनाले १० कित्ता सेयर हात पार्नेछन् । यी मध्ये दुई जना आवेदकले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । योग्य १२ लाख ११ हजार ११५ आवेदक मध्ये १० लाख ७१ हजार ५१३ जनाको हात भने खाली रहनेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

 

Like & Share on:
Visa Travels