mahila laghubitta

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले यस लघुवित्तलाई २०७७ माघ ०८ गते आइपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

अनुमति पाएसँगै कम्पनीले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गर्नेछ ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ती गरेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । यस लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे जिल्लाको साँगामा रहेको छ भने विभिन्न ५३ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरेको छ ।

चालु आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासमा यस लघुवित्तले ५ करोड४३ लाख खुद नाफा आर्जन गरेको थियो ।

Visa Travels