कामना सेवा विकास बैंकले २०७७ माघ २२ गते देखि ऋणपत्र निष्काशन खुल्ला गर्ने भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७७ माघ २६ गते र ढिलोमा फागुन ०६ गते हुनेछ ।
बैंकले निष्काशन गर्ने १० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा ४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।
यस १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ९% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।
यस “९% केएसबिबिएल डिबेन्चर, २०८७” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता र २० हजार कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।
आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
एनआइबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।