नेपाल लाइफको ५१% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nepal life insurance
Visa Travels

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश दावी सँगै साधारणसभामा भाग लिन पाउनेछन् । सभाको लागि बुक क्लोज २०७७ माघ १४ गते देखि माघ २८ गतेसम्म रहेको छ ।

कम्पनीको २०औं वार्षिक साधारणसभा २०७७ माघ २८ गते होटल भिष्वा, वीरजञ्ज पर्सामा विहान ९ बजे हुने भएको छ ।

Place your Ads

सभाले ३१% बोनस सेयर र २०% नगद लाभांश प्रस्ताव परित गर्ने भएको छ । त्यसैगरी विद्यमान प्रबन्धपत्र र नियमवलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रति सेयर मुल्य रु १०० रहेकोमा से सेयर मुल्य परिवर्तत गरी प्रति सेयर मुल्य रु ५० कायम गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

 

Like & Share on:
Visa Travels