दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुष २० गते अन्तिम दिन रहेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले र गुहेश्वरी मचेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांशमा दावी तथा साधारणसभामा प्रतिनिधित्व गर्न पाउँनेछन् । सभा प्रयोजनको लागि २०७७ पौष २१ गते एक दिन बुक क्लोज रहेको छ ।
एनसीसी बैंकको २३औं वार्षिक साधारणभा २०७७ माघ ०९ गते बैंकको केन्द्रिय कार्यालय, बागबजार, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान १० बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०।२६९५% बोनस सेयर र ०।५४०५% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
गुहेश्वरी मचेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १९औं वार्षिक साधारणभा २०७७ पुष २८ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८% बोनस सेयर र ३.४% नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।