manjushree finance

मञ्जुश्री फाइनान्सले ५० करोड बराबरको ऋणपत्र २०७७ माघ १८ गते देखि निष्काशन खुल्ला गर्ने भएकोछ । ऋणपत्र निष्काशन बन्द छिटोमा २०७७ माघ २१ गते र ढिलोमा फागुन ०२ गते हुनेछ ।

फाइनान्सले निष्काशन गर्ने ५ लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा २ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने ३ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।

यस ८ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ९.५% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

यस ९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५ नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता र सम्पूर्ण कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

एनआइबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

Visa Travels