मेगा बैंकको खुद नाफा ३७.२८ प्रतिशतले बृद्धि

mega bank
Visa Travels

मेगा बैंक नेपालले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ३० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ९५ करोड २ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३७.२८ प्रतिशले बढेको छ ।

Place your Ads

बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ८२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६८ करोड १३ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ६५ करोड रहेको छ । जगेडा कोषमा २ अर्ब ९४ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ३० रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.७१% रहेको छ गत आर्थिक वर्षमा १.४९% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी १८.२९ बाट घटेर रु १७.९७ रहेको छ भने नेटवर्थ रु १३१.६४ रहेको छ ।

Like & Share on:
Visa Travels