annual general meeting

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १९औं वार्षिक साधारणभा २०७७ माघ १६ गते स्टार बैंङक्वेट, रत्ननगर, चितवनमा भर्चुअल माध्यमबाट १ बजे हुने भएको छ ।

हल स्वीकृत भएको १ः१ अर्थात् ६५६,१६९ कित्ता हकप्रद सेयर निष्काशन पछि कायम चुक्तापुँजी १३ करोड १२ लाखको १ः२ हकप्रद जारी गरी चुक्तापुँजी ३९ करोड ३७ लाख कायम गर्ने प्रस्ताव गरेको छ ।

जिल्ला स्तरीय विकास बैंकको न्युनतम चुक्तापुँजी ५० करोड कायम गर्न पर्ने हुँदा सो अनुसार कायम गर्ने भएको छ ।

यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
हाल यस बैंकको चुक्तापुँजी ९ अर्ब ७८ करोड पुग्ने छ ।

सभा प्रयोजनको लागि २०७७ पौष २९गते एक दिन बुक क्लोज रहेको छ । पौष २८ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व  गर्न पाउनेछन् ।

Visa Travels