right share -business awaj

नारायणी डेभलपमेन्ट बैंकले २०७७ माघ १३ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन बन्द फागुन ३ गते बैंकिङ्ग समय पश्चात हुनेछ ।

कम्पनीले १ः१ अर्थात् ६५६,१६९ कित्ता हकप्रद सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले निष्काशन गर्ने भएको छ ।

२०७७ पुष २८ गते सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवदेन दिन सक्नेछन् । पुष २९ गते एक दिन बुक क्लोज रहेको छ ।

निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । योग्य आवेदकले मेरोसेयर र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । कम्पनीले फेरी २००% हकप्रद सेयर प्रस्ताव गरेको छ ।

Visa Travels