right share -business awaj

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १००% हकप्रद निष्काशन गर्न पौष २० गते अनुमति दिएको छ ।

कम्पनीले १ः१ अर्थात् ६५६,१६९ कित्ता हकप्रद सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले निष्काशन गर्ने भएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ ।

Visa Travels