नेपाल बङ्गलादेश बैंक आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ९४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८० करोड ७७ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १६.५२ प्रतिशले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४६ करोड ७ लाख रहेको छ ।
बैंकले ७० अर्ब ८ करोड निक्षेप संकलन गरेर ६० अर्ब ९२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६६ अर्व ४३ करोड निक्षेप संकलन गरेर ५९ अर्ब १० करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब २४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ३३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड रहेको थियो ।
बैंकको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी घटेपनि इन्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४९ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब ४६ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ०९ करोड रहेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को लागि सभाबाट पारित गरेको ६% बोनस सेयर समावेश गरिएको छैन ।
बैंकको निष्कृय कर्जा अनुपात २.३७% रहेको छ गत आर्थिक वर्षमा १.९२% रहेको थियो । कोषको लागत ५.८७% बेसरेट ८% र कर्जा निक्षेप अनुपात ७१.३२% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी १९.९७ बाट बढेर रु २२.१६ रहेको छ भने नेटवर्थ रु १६५.५० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ ।