nepal bank

नेपाल बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ३५ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ३५ करोड २३ लाख आर्जन गरेको थियो ।

बैंकले १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १६ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ९१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७३ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६७ करोड ८२ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब ६३ करोड रहेको छ । जगेडा कोषमा १५ अर्ब ५९ करोड छ भने कम्पनीको संचित नाफा ३ अर्ब ३२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.८८% रहेको छ गत आर्थिक वर्षमा २.६६% रहेको थियो । कोषको लागत ३.५७% बेसरेट ६.१९% र कर्जा निक्षेप अनुपात ६९.४९% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २७.५७ बाट घटेर रु २१.३७ रहेको छ भने नेटवर्थ रु २५३.२८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १७.१२ गुणा रहेको छ ।

Visa Travels