नेपाल इन्फ्रास्ट्रकचर बैंकले ८ अर्ब बारबारको आईपिओ सेयर २०७७ माघ ०२ गते देखि निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गते हुने छ । नेपाल धितोपत्र बोर्डले पौष १० गते आईपिओ निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई अनुमति दिएको हो ।
बैंकले जारी पुँजीको ४०% अर्थात् ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीओ सेयर सर्वसाधरणलाई निष्काशन गर्नेछ । कम्पनीले ०.२०% अर्थात् १,६०,००० कित्ता, ५% अर्थात् ४०,००,००० कित्ता र बाँकी रहेको ७,५८,४०,००० कित्ता सर्वाजनिक निष्काश गर्ने भएको छ । यस आइपीओ हाल सम्म निष्काशन भएको आइपीओ मध्येकै ठूलो आइपीओ हो ।
निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोमा आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ । देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई यो बैंक स्थापना भएको हो ।