api power

अपि पावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १४ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड १४ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा २४५.७९ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा विद्युत विक्री आय २४ करोड १९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५० लाख रहेको थियो । त्यसैगरी कम्पनीको अन्य आय ६ करोड १७ लाख आर्जन गरको छ ।

कम्पनीको प्रोजेक्ट संचालन खर्च १ करोड, प्रशासनिक खर्च ७८ लाख ९९ हजार छ भने व्याज खर्च ९ करोड ६७ लाख रहेको छ ।

विद्युत विक्री आय उल्लेख्य बृद्धि हुँदा खुद नाफासँगै प्रति सेयर आम्दानी बृद्धि भएको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९२ करोड रहेको छ भने जगेडा कोषमा २९ करोड ७० लाख रहेको छ । गत आर्थिक वर्षमा चुक्तापुँजी १ अर्ब १९ करोड थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.८४ र नेटवर्थ रु ११५.३९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १७.८५ गुणा रहेको छ ।

Visa Travels