first microfinance laghubitta

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ६ करोड २८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा ६.०३ प्रतिशतले घटेको छ ।

यस अवधिमा लघुवित्तले ७ अर्ब ०१ करोड कर्जा सापटि गरी ६ अर्ब ६७ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५४ करोड कर्जा सापटि गरी ५ अर्ब ८४ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ११ करोड ६३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५३ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ९ करोड ९८ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ६० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८७ करोड ६८ लाख रहेको छ भने जगेडा कोषमा १९ करोड ९० लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.३४ रहेको छ भने नेटवर्थ १२२.७० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४८.४५ गुणा रहेको छ ।

Visa Travels