Global IME Bank

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा २ अर्ब ३१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६८ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३७.३२ प्रतिशले बृद्धि भएको छ ।

बैंकले २ खर्ब ३४ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ३ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ९० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब २३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३६ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १अर्ब ४३ करोड रहेको छ ।

बैंकको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ।

हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६३ करोड रहेको छ । जगेडा कोषमा ७ अर्ब ७० करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ५२ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.७२% रहेको छ गत आर्थिक वर्षमा १.२ रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी १७.७७ बाट बढेर रु २१.४० रहेको छ भने नेटवर्थ रु १४२।६३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ ।

Visa Travels