ज्योति विकास बैंकको खुद नाफा बढ्यो

jyoti bikas bank
Visa Travels

ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा ३० कराड ५५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २८ करोड ८ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ८.८१ प्रतिशले बृद्धि भएको छ ।

Place your Ads

बैंकले ४४ अर्ब ७५ करोड निक्षेप संकलन गरेर ३४ अर्ब ४९ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ३१ करोड निक्षेप संकलन गरेर २९ अर्ब ७१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६४ करोड ८० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७३ करोड ६९ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४३ करोड ७३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड १३ लाख रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १५ करोड ७५ लाख रहेको छ ।

बैंकको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी घटेपछि सञ्चालन खर्चमा कमि आउँदा मुनाफा बृद्धि भएको छ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४९ करोड रहेको छ । जगेडा कोषमा ८६ करोड ५९ लाख रहेको छ भने कम्पनीको संचित नाफा ५१ करोड ९ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.६८% रहेको छ गत आर्थिक वर्षमा ०.८०% रहेको थियो । कोषको लागत ६.४५% बेसरेट ८.८२% र कर्जा निक्षेप अनुपात ७५.४८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १६.०७ बाट बढेर रु १७.४९ रहेको छ भने नेटवर्थ रु १३९.३९रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.८१ गुणा रहेको छ ।

Visa Travels