एनएमबि बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब ६१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ८ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.६९ प्रतिशले बढेको छ ।
बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ८६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब २९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५७ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ५० करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ४४ करोड रहेको छ । जगेडा कोषमा ५ अर्ब १० करोड छ भने कम्पनीको संचित नाफा ३ अर्ब ४९ करोड र सेयर प्रमियम १२ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात २.३८% रहेको छ गत आर्थिक वर्षमा १.९६% रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी २०.३१ बाट बडेर रु २२.५० रहेको छ भने नेटवर्थ रु १६०.४१ रहेको छ ।