prabhu bank

प्रभु बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ८ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३९.८७ प्रतिशले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ९९ करोड ९८ लाख रहेको छ ।

बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २६ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर ९९ अर्ब ३९ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ६९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ०७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड रहेको थियो । बैंकको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ।

हाल कम्पनीको चुक्तापुँजी ११ अर्ब ३४ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब १८ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब १७ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.०६% रहेको छ गत आर्थिक वर्षमा ३.१२% रहेको थियो । कोषको लागत ५.०१% बेसरेट ७.२४% र कर्जा निक्षेप अनुपात ६६.४३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २२.१२ बाट बढेर रु २६.७७ रहेको छ भने नेटवर्थ रु १४७.२९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ ।

Visa Travels