prime bank

प्राइम बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ८१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ३० करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३९.४० प्रतिशले बढेको छ ।

बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर १ खर्ब १९ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ९१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १६ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ५९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब २६ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १६ अर्ब ८ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब ९४ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ३७ रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.०८% रहेको छ गत आर्थिक वर्षमा १.४५% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी २३.१५ बाट घटेर रु २२.५५ रहेको छ भने नेटवर्थ रु १३९.३३ रहेको छ ।

Visa Travels