RMDC Laghubitta

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले यस त्रैमासमा ११ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १४ करोड ६१ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा २१.४९ प्रतिशतले घटेको छ ।

यस अवधिमा लघुवित्तले ७ अर्ब ७६ करोड कर्जा सापटि गरी ९ अर्ब ६४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २१ करोड कर्जा सापटि गरी ७ अर्ब ८५ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी २० करोड १२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ३३ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा १८ करोड १९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ८३ लाख रहेको थियो ।

यस लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०३ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ६३ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २२.१९ रहेको छ भने नेटवर्थ २५८.२३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५२.७३ गुणा रहेको छ ।

Visa Travels