RSDC laghubitta

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले यस त्रैमासमा ५ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ६० लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा १३.४८ प्रतिशतले बढेको छ ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ४३ करोड कर्जा सापटि गरी ३ अर्ब १८ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ०४ करोड कर्जा सापटि गरी ३ अर्ब ३१ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ७ करोड ९४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ८२ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ६ करोड ९८ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड २१ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ७३ करोड १९ लाख रहेको छ भने जगेडा कोषमा ११ करोड ४६ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४।२९ रहेको छ भने नेटवर्थ ११५.६६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ४९.३४ गुणा रहेको छ ।

Visa Travels