Dividend

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ पौष १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट २.८५%बोनस सेयर र ०.८५% नगद लाभांश कर प्रयोजनको लागि गरी कुल ३% लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

सर्वसाधारणलाई सेयर जारी गरे पश्चापत कम्पनीले घोषणा गरेको यो नै पहिलो लाभांश हो ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रहेको छ ।

Visa Travels