sanima bank

सानिमा बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ०६ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब १४ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ७.३८ प्रतिशले घटेको छ ।

बैंकले १ खर्ब १० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ०१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७ अर्ब निक्षेप संकलन गरेर ९० अर्ब ८५ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ९९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १६ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ५० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ८९ करोड २६ लाख रहेको छ ।

बैंकको मुख्य आम्दानीको श्रोत खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा पनि घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ६८ करोड रहेको छ । जगेडा कोषमा ३ अर्ब छ भने कम्पनीको संचित नाफा ८९ करोड २६ रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.५८% रहेको छ गत आर्थिक वर्षमा ०.४१% रहेको थियो । कोषको लागत ५.१६% बेसरेट ६.८३% र कर्जा निक्षेप अनुपात ८१.६०% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २६.१५ बाट घटेर रु २२.०२ रहेको छ भने नेटवर्थ रु १४०.२८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १६.७२ गुणा रहेको छ ।

Visa Travels