सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ ।
बैंकले यस त्रैमासमा ९१ करोड ८७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब २ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १०.५० प्रतिशले घटेको छ ।
बैंकको मुख्य आम्दानको श्रोत व्याज आम्दानी र अन्य आम्दानीमा कमि आउँदा नाफा घटेको हो ।
कम्पनीको प्रति सेयर आम्दानी २१.०३ बाट घटेर रु १८.८२ रहेको छ भने नेटवर्थ रु १८७.२० रहेको छ ।