singati hydro energy

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज २०७७ माघ ०४ गते देखि आईपिओ निष्काशन खुल्ला गरेको छ । निष्काशन बन्द छिटोमा माघ १८ र ढिलोमा फागुन ०३ गते बन्द हुनेछ । यस आइपीओ आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको हो । दोलाखा जिल्लाको अति प्रभावित विगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा १४, ५०,००० कित्ता साधारण सेयर स्थानियलाई प्रति कित्ता रु १०० रुपैयाका दरले निष्काशन गरेको छ । कम्पनीले जारी पुँजीको ३०% अर्थात् ४,३५०,००० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले स्थानिय र सर्वसाधरणलाई निष्काशन गर्नेछ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि २,००,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०१ करोड रहेको छ । आइपीओ जारी पछि चुक्तापुँजी १ अर्ब ४५ करोड पुग्नेछ ।

Visa Travels