सिंगटी हाइड्रो इनर्जी लिमिटेडकले आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पौष २१ गते आईपिओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनीले जारी पुँजीको ३०% अर्थात् ४,३५०,००० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले स्थानिय र सर्वसाधरणलाई निष्काशन गर्नेछ ।
निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०१ करोड रहेको छ । आइपीओ जारी पछि चुक्तापुँजी १ अर्ब ४५ करोड पुग्नेछ ।