अपि पावर कम्पनीले फेरि हकप्रद सेयर निष्काशन गर्ने

api power
Visa Travels

अपि पावर कम्पनीले फेरि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रदको अनुमति माग गर्दै कम्पनीले फागुन ९ गते नेपाल धितोपत्र बोर्ड सममा आवेदन दिएको छ ।

कम्पनीले १ः०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख ८४ हजार २७५ रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो । यसअघि चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।

Place your Ads

कम्पनीले मुक्तिनाथ क्यापिटललाई हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख ८४ हजार २७५ रुपैयाँ पुग्नेछ ।

Like & Share on:
Visa Travels

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here