नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता अवितरित हकप्रद सेयर २०७७ फागुन २१ गतेदेखि लिलाम मार्फत बिक्री गर्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन २०७७ चैत ०२ गते रहेको छ ।
कोषको बिक्री नभएको सर्वसाधारण समुह तर्फको ३५३,१५०.०५ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।
आवेदन फाराम रु १०० नगद भुक्तानी गरी लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौं नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाड तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुमार्फत प्राप्त गर्न सक्नेछ ।
आवेदकले सेयर खरिदको लागि बोलपत्र पेशगर्दा सर्वसाधारण सेयरको लागि न्यूनतम १० कित्ता वा सो भन्दा भढी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य रु १०० तोकिएको हुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, टेकुमा रहेको खाता नंः १७००१००००२३८१००१ मा जम्मा गर्नुपर्ने छ ।
निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।