डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब रहेको छ ।