ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि आईपिओ निष्काशन खुला गरेको छ । आइपीओ निष्काशन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ०७ गते हुने भएको छ ।
कम्पनीले ३४,९६,४०० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले ३४ करोड ९६ लाख बारबारको सेयर सर्वसाधरणलाई निष्काशन गरेको हो । सो मध्ये १४७,८२० कित्ता सामुहिक लगानी कोषलाई र ६९,९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ ।
इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । मेरो सेयर र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।
निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
आइपीओ जारी पछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८० करोड पुग्नेछ ।